१६ आश्विन २०८१, बुधबार

अवस्था ठिक नभएका सवारी साधन चलाउने ३७ जना चालक कारबाहीमा

प्रकाशित मिति :  1 September, 2023 9:31 pm


काठमाडौँ। भक्तपुरको जगातीमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ३७ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

१ सय २० भन्दा बढी सवारी साधन चेक गर्दा ह्याीण्डब्रेक ठिक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ३७ वटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो । जसमा पिकअप गाडी १६, मिनी टिपर ७ टाटासुमो ६, हाइस ६ र अन्य सवारी साधन २ वटा रहेका छन् ।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !