१६ आश्विन २०८१, बुधबार

स्याङ्जामा करेन्ट लागेर एक बालक घाइते

प्रकाशित मिति :  1 September, 2023 9:37 pm


संकेतिक तस्बिर

काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा आज (शुक्रबार) करेन्ट लागेर सात वर्षीय बालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाका अनुसार घाइते हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर १३ हटिया बस्ने ज्योति विकको छोरा सन्जिल सुनार रहेका छन् ।

सुनार सरोज राईको घरमा साथीहरूसँग खेलिरहेको अवस्थामा अचानक करेन्ट लागेर घाइते भएका हुन् ।

जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचार पश्चात गण्डकी मेडिकल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !