१६ आश्विन २०८१, बुधबार

माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु

प्रकाशित मिति :  2 September, 2023 10:49 am


काठमाडाैँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु गरेको छ । 

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाबाट शनिवार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानको उद्घाटन गरे।

यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ । गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रिय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पु-याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यही मर्म अनुरूप आजबाट देशभर एकैपटक तीन महिने र ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष दाहालले माओवादी इतिहासकै चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी एकतावद्ध भई फेरि बलियो बन्ने गरे। 

अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने अध्यक्ष दाहालको विश्वास छ।



प्रतिक्रिया दिनुहोस !