१६ आश्विन २०८१, बुधबार

नेकपा माओवादी केन्द्रको तीन महिने अभियान दाङमा पनि सुरु

प्रकाशित मिति :  2 September, 2023 2:52 pm


दाङ । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान दाङमा पनि सुरु भएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नारासहित माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ सुरु गरेको हो ।

अभियानलाई सफल बनाउन भन्दै दाङमा आठ जना केन्द्रीय सदस्य र वडावडामा प्रदेश तथा जिल्ला सदस्यहरू खटिएका छन् ।

अभियानका लागि दाङमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं स्थायी समिति सदस्य रेखा शर्मा, स्थायी समिति सदस्य जयपुरी घर्ती, केन्द्रीय सदस्यहरू हेमराज शर्मा, धनबहादुर मास्की, तिलकराम शर्मा, गुणेन्द्र घर्ती, पट्टु चौधरी, कृष्णीकुष्मा चौधरीसहित प्रदेश र जिल्ला सदस्यहरू खटिएका छन् ।

अभियानको दाङ संयोजकको जिम्मेवारी स्थायी कमिटी सदस्य जयपुरी घर्ती रहेकी छन् । जिल्ला सचिव विश्वराज आचार्यका अनुसार जसअनुसार सञ्चारमन्त्री शर्माले घोराही १७ र जयपुरी घर्तीले घोराही १४ को उद्घाटनमा भाग लिएका छन् ।

घर्तीले घोराही १४ नम्बर वडामा रहेको बाल मन्दिर स्कुलमा विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेकी छन् ।

केन्द्रीय हेमराज शर्मा र गुणेन्द्र घर्तीले घोराही र बंगलाचुली, धनबहादुर मास्कीले शान्तिनगर, पट्टु चौधरीले दंगीशरण, तिलकराम शर्माले तुलसीपुर बबईमा सहभागि भएका छन् । यस्तै कृष्णीकुष्मा चौधरी लमही र राजपुर, प्रदेश सचिव कृष्ण अधिकारी राजपुर र गढवाका उद्घाटनमा सहभागि भएका छन् ।



प्रतिक्रिया दिनुहोस !