१६ आश्विन २०८१, बुधबार

नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलमा सुरू (फोटो फिचर)

प्रकाशित मिति :  2 September, 2023 4:57 pm


बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलमा सुरू भएको छ ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन् ।

अधिवेशन आज र भोलीसम्म चल्ने छ । नेकपा एमालेले सात प्रदेशमध्ये सबैभन्दा पहिले लुम्बिनमा अधिवेशन आयोजना गरेको हो ।

उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरू विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली सहभागि छन् ।

त्यस्तै सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्मा अर्यालका साथै पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूको पनि महाधिवेशनमा उपस्थित रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

सम्मेलनका लागि लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका ८२ हजार ८ सय ९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि छानिएका छन् । त्यस्तै विभिन्न २३ वटा जनसंगठनहरूबाट छानिएका १ हजार ४ प्रतिनिधि सहभागी रहेको नेकपा एमाले लुम्बिनीले जनाएको छ ।

अधिवेशनले २०५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

फोटो : सूर्य थापाको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस !