१७ आश्विन २०८१, बिहिबार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति :  4 September, 2023 10:03 am


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरू सोधिने र तिनको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ ।

साथै बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० निर्णयार्थ प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !