१७ आश्विन २०८१, बिहिबार

रूकुमपश्चिममा खहरे खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु

प्रकाशित मिति :  4 September, 2023 10:57 am


रुकुम । रूकुमपश्चिममा खोलाले बगाउदा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका- ६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षिया छोरी भावना बुढाथोकी रहेकी छन् ।

आइतबार बेलुकी बिद्यालयदेखि घर फर्किने क्रममा साँझ स्थानीय म्याउला नामको ठाडो खहरे खोलाले बगाउँदा मृत्यु भएको हो। दुवै जनाको शव डेढ सय मिटर तल फेला परेको थियो ।

बेपत्ता भएका बालबालिकाको शव आइतबार राति नौ बजे घटनास्थलभन्दा केही तल फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । वर्षाका कारण खहरे खोलामा बाढी आएको बेला दाजु बहिनीले तर्न खोज्दा घटना भएको हुनसक्ने प्रहरी जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !