१७ आश्विन २०८१, बिहिबार

वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति :  4 September, 2023 11:19 am


काठमाडौँ । काठमाडौंको वसुन्धरामा भ्यानले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सङ्खुवासभा मकालु गाउँपालिका वडा नम्बर १ का दावा दोर्जे शेर्पा रहेका छन्।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनको ज्यान गएको हो।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन्। उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !