१७ आश्विन २०८१, बिहिबार

सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास हरायो : सांसद केसी

प्रकाशित मिति :  4 September, 2023 2:47 pm


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताएका छन् ।

सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरूलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गरेका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले भ्रष्टाचारको फायलहरू एकपछि अर्को खुलेपनि त्यो बीचमै तुहिने अवस्था आएको भन्दै त्यसतर्फ सरकारलाई सचेत गराए । सांसद केसीले मुलुकमा सामाजिक सदभाव बिलोलिने काम भइरहँदा पनि सरकार मुकदर्शक बनिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

सांसद केसीले भ्रष्टाचार नियन्त्रणका लागि विगतमा बनेका आयोगहरूको सुझाव कार्यान्वयन नभएकाले अब बन्ने आयोगले पनि केही काम गर्ला भनेर अपेक्षा गर्न सकिने अवस्था नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !