१७ आश्विन २०८१, बिहिबार

पर्यटनमन्त्रीले दायाबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौँ : सभापति यादव

प्रकाशित मिति :  4 September, 2023 4:40 pm


काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले पर्यटनमन्त्री सुदन किराँतीलाई गलत काम नगर्न खबरदारी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गरेका हुन् । उनले पर्यटनमन्त्री किराँतीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको बताए । उनले देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताए ।

सभापति यादवले मन्त्रीले पर्यटन सम्बन्धी नीतिहरु समयअनकुल बनाउनुपर्ने र त्यो देशको हितमा भए सामूहिक पहल गर्न समिति तयार रहेको बताए ।

सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने र कहीँ दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !