१७ आश्विन २०८१, बिहिबार

सरकारले नेपालको चुच्चे नक्सा राख्न चीनलाई कूटनीतिक नोट पठाउनुपर्छ : सचेतक बर्तौला

प्रकाशित मिति :  4 September, 2023 5:57 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने बताएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सोबारे कूटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन् ।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा एमाले सचेतक बर्तौलाले चीन सरकारलाई सो नक्सा सच्याउन नेपाल सरकारले अविलम्ब पहल गर्नुपर्ने बताए । चीनले नेपालको नक्सा पनि समेट्दा पुरानै नक्सालाई मान्यता दिनु दुःखद् भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कूटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताए ।

सचेतक बर्तौलाले एमाले आफ्नो एक इन्च भूमि छोड्ने पक्षमा नरहेको दोहो¥याए । उनले नेपालको भूगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरु राष्ट्रलाई नभएको पनि दोहो¥याए ।



प्रतिक्रिया दिनुहोस !