१७ आश्विन २०८१, बिहिबार

‘नेपालको चुच्चे नक्सालाई मान्यता नदिएसम्म प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जानु हुँदैन’

प्रकाशित मिति :  4 September, 2023 6:19 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता दिएमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणमा जान मिल्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपालको चुच्चे नक्सा चीनले स्वीकार गरेमात्रै सो भ्रमणमा जान मिल्ने जिकिर गरेका हुन् । अन्यथा प्रधानमन्त्री प्रचण्डमाथि तत्कालीन मन्त्रीपरिषद् र संसद्को शतप्रतिशत मतले पारित गरेको सो चुच्चे नक्सालाई अस्वीकार गरेको ठहर्ने उनको भनाई थियो ।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मी माझ प्रमुख सचेतक शाहीले चीनले नेपालको चुच्चे नक्सा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उनको राष्ट्रवादमाथि पनि प्रश्न उठ्ने बताए ।

प्रमुख सचेतक शाहीले प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउने कामका लागि विदेश भ्रमण गर्न नहुने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !