१७ आश्विन २०८१, बिहिबार

नेपालले चीन–भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छः सभापति देउवा

प्रकाशित मिति :  5 September, 2023 2:39 pm


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन् । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए ।

सभापति देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए । उनले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताए । उनले भनेका कुरा नमान्ने हो भने विद्युत नकिन्ने हुँदा थोरै लचिलो भएर भएपनि देशको हीतमा काम गर्नुपर्ने बाध्यता रहेको बताए ।

‘बिजुली नेपालमा सबैभन्दा बढी छ, बायर को छ एउटै छ, को छ बायर इण्डिया, की हामी बिजुली बेच्दै बेच्दैनौँ भन्नुपर्‍यो, नत्र उसको कुरा मान्नुपर्ने हुन्छ हेर्नुस् । त्यही कुरा हो । बायरले बिजुली किन्ने हो, त्यसको कुरा सुन्नुपर्ने बाध्यता छ हामीलाई । नत्र कोही आउँदैन, बिजुली किन्दैन, हामीसँग बिजुली बढी भएपनि बिजुली उसले किन्दै किन्दैन । किन्नु त पर्ने हो नि, त्यसकारण हाम्रा केही बाध्यता र अफ्ठ्यारा छन् । यी सबैकुरा बुझ्नुपर्छ ।’उनले भने, ‘हामीले सबैलाई मिलाउनुपर्छ । चीन र भारत दुई वटा हाम्रो छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ । आवश्यकता छ । कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ । चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ ।’

सभापति देउवाले सरकार र ब्युरोकेसीबिच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !