१७ आश्विन २०८१, बिहिबार

नासाको स्पेस एक्स क्रु सिक्स पृथ्वीमा फर्कियो

प्रकाशित मिति :  5 September, 2023 4:11 pm


काठमाडौँ । अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा)ले सोमवार बिहान दक्षिणपूर्वी अमेरिकी राज्य फ्लोरिडाको तटमा रहेको स्पेएक्स ड्रागन अन्तरिक्ष यानमा सवार स्पेसएक्स क्रु ६ अन्तरिक्ष यात्रीहरुसहित सुरक्षित अवतरण भएको छ ।

नासाका अन्तरिक्षयात्री स्टिफन बोवेन र वुडी होवर्ग, युएईका अन्तरिक्ष यात्री सुल्तान अल नेयादी र रोस्कोमोस (रुसको राज्य अन्तरिक्ष निगम) अन्तरिक्ष यात्री एण्ड्रे फेडियाएभ सहितको चार सदस्यीय टोली सुरक्षित पृथ्वी फर्किएको हो ।

अन्तरिक्षयानलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आएसएस) बाट आईतवार पूर्वी समय (११०५ आईतवार जिएमटी) बिहान ७ बजेर ५ मिनेट जाँदा पृथ्वीमा अवतरण गरेको हो । यो मिसन मार्च २ मा फ्लोरिडाको नासाको केनेडी सेन्टरबाट प्रक्षेपण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !