१७ आश्विन २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल

प्रकाशित मिति :  5 September, 2023 4:15 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र पुर्वप्रधानमन्त्री समेत रहेका ओलीबीच झण्डै आधा घण्टा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे कुराकानी भएको उनको सचिवालयले जानकारी दियो।



प्रतिक्रिया दिनुहोस !