१७ आश्विन २०८१, बिहिबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउनुपर्छ : उपमहासचिव गुरुङ

प्रकाशित मिति :  5 September, 2023 6:16 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तीशाली बनाउन सरकारसँग माग गरेका छन् ।

सबै निकायमाथि अनुसन्धानको कामलाई अघि बढाउन तथा मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न पनि अख्तियारजस्ता नियमक निकायलाई अझै सशक्त र प्रभावकारी बनाउनुपर्ने उनको तर्क थियो ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपमहासचिव गुरुङले राष्ट्रिय सुरक्षा र सीमासम्बन्धी ऐन बनाउन पनि राज्य व्यवस्था तथा सुशासन समितिले तत्काल पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

उपमहासचिव गुरुङले संविधानको मर्म र भावना अनुसार सीमासम्बन्धी कानुन निर्माण गर्न सरकारले ढिलाइ गर्न नहुने बताए ।

उपमहासचिव गुरुङले सबै दलहरुको एकताबद्ध प्रयासबाट मात्रै मुलुकको राज्य व्यवस्थालाई बलियो बनाउन सकिने पनि स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस !