१७ आश्विन २०८१, बिहिबार

देशभर हल्कादेखि मध्यम वर्षाकाे सम्भावना, भारी वर्षा भने नहुने

प्रकाशित मिति :  6 September, 2023 7:43 am


काठमाडाैँ  । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  जल तथा माैसम पूर्मानुमान विभागले जनाएकाे छ।

वर्षा हुने क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्टयाङ्गको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुराेध गरिएकाे छ।हल्कादेखि मध्यम वर्षा भनेकाे १० देखि ५० मिलिमिटर वर्षा हुने अवस्था हाे । माैसमसम्बन्धि शब्दावली हेर्न यहाँ क्लिक गर्नु हाेला।



प्रतिक्रिया दिनुहोस !