१७ आश्विन २०८१, बिहिबार

बेपत्ता भएका झापाका डा. कोईराला मृत भेटिए

प्रकाशित मिति :  6 September, 2023 10:47 am


झापा । झापाको दमक-१ का डा. प्रज्वल कोइराला वेपत्ता भएको १० दिनमा मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा माछा मार्ने मान्छेले लास देखेर प्रहरीलाई खबर गरेका थिए । शव डा. कोइरालाको भएको सुरक्षा बेस चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए ।

लास धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको छ । डा. कोइराला अघिल्लो आइतवार बेलुकी ड्युटी सकेर हिँडेका थिए । वेपत्ता भएको भोलि पल्ट भदौ ११ गते उनको सवारी साधन चतराको पुलपारी विहान फेला परेको थियो ।

गाडी राखेको क्षेत्रमा लगाइएको सिसी क्यामेरा फुटेजमा उनी चतराको पुलमा यता उता गरेको र खोलामा टहलाएको देखिन्थ्यो । उनले आफ्नो मोबाइल, जुत्ता गाडी र पुलमा नै छाडेका थिए ।

प्रहरी श्रोतका अनुसार अन्तिम समयमा उनको प्रेमी भनिएकी एक युवतीसंग कुराकानी भएको देखिन्छ । ती युवतीसंग बयान लिँदा दुईजनाबीच प्रेम भएको समेत पाईएको छ ।

मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत ३२ बर्षीय डा. काइरालाले दमकको लाइफलाइन अस्पतालमा ३ बर्षभन्दा लामो समय काम गरेका थिए ।

फेला परको लास मृतकका बुवा दिवाकर कोइराला सहित दमक नगरपालिका वडा नं. १ का अध्यक्ष हरिप्रसाद न्यौपानेले पहिचान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !