१७ आश्विन २०८१, बिहिबार

सानेपामा खुल्यो अशोक लेल्यान्डको एक्स्क्लुसिभ रिटेल पार्ट्स आउटले ‘सासा अटोमोटिभ’

प्रकाशित मिति :  6 September, 2023 11:39 am


काठमाडौँ । नेपाली अटोमोबाइल क्षेत्रमा सुपरिचित ब्रान्ड अशोक लेल्यान्डले विशेष रिटेल पार्ट्स आउटलेट ‘सासा अटोमोटिभ’ को शुभारम्भ गरेको छ । सासा अटोमोटिभमार्फत अशोक लेल्यान्डका जेन्युइन स्पेयर पार्ट्स र एसेसरिज सहितको वान–स्टप सोलुसन उपलब्ध हुनेछ ।

ललितपुरको सानेपामा अवस्थित सासा अटोमोटिभमा अशोक लेल्यान्डका सवारी धनी र फ्लिट अपरेटरका विविध आवश्यकता पुरा हुने गरी उच्च गुणस्तरीय, फ्याक्ट्रीद्वारा प्रमाणित पार्ट्स र एसेसरिजका विभिन्न रेन्ज उपलब्ध हुने कम्पनीले जनाएकाे छ । सबै अवलोकनकर्ताका लागि निर्वाध खरिद अनुभव प्रदान गर्न आवश्यक ग्राहकमैत्री र व्यवस्थित वातावरण सहितको सो आउटलेट उपलब्ध गराएकोमा सासा अटोमोटिभ गर्व अनुभव गर्दछ ।

एक कार्यक्रमकाबिच अशोक लेल्यान्डको सार्क क्षेत्रका इन्टरनेसनल अपरेसन हेड सुजन रोय र नेपालमा अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकद्वारा सासा अटोमोटिभको उद्घाटन गरेका हुन् । इन्टरनेसनल अपरेसन हेड सुजन रोयले रणनीतिक साझेदारीका लागि आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘हाम्रा मूल्यवान ग्राहकहरुलाई आईएमई अटोमोटिभ र सासा अटोमोटिभमार्फत जोड्न पाएकोमा खुसी छौ । रिटेल पार्ट्स आउटलेटले हाम्रा ग्राहकलाई अझै सेवा प्रदान गर्न र जेन्युइन अशोक लेल्यान्ड पार्ट्स उपलब्ध गराउन सहयोग गर्नुका आफ्नो सवारी साधनको पर्फमेन्स बढाउन र लामो समय चल्न सक्षम बनाउने छ ।’

आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले पनि यस बारेमा उत्साह व्यक्त गर्दै भने, ‘आईएमई मोटर्सले ग्राहकलाई सधै उच्च स्तरीय सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सासा अटोमोटिभ थपिएसँगै आगामी दिनमा जेन्युइन अशोक लेल्यान्ड पार्ट्स उपलब्ध गराएर हाम्रो सेवाको गुणस्तर अझै वृद्धि हुने र सवारी साधनको विश्वसनियता र सुरक्षा समेत अझै बढाउने हाम्रो लक्ष्य छ ।’ ‘

सासा अटोमोटिभ’ को उद्घाटनसँगै आईएमई मोटर्सले ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आफ्ना सबै ग्राहकहरूलाई परिष्कृत र झन्झटमुक्त अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !