१७ आश्विन २०८१, बिहिबार

साना तथा घरेलु उद्यमीहरूको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य : मन्त्री रिजाल

प्रकाशित मिति :  6 September, 2023 3:49 pm


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा घरेलु उद्यमीहरूको संरक्षण गर्नु सरकारको कर्तव्य भएको बताएका छन् ।

बुधबारदेखि ५ दिनका लागि ललितपुरमा सुरू भएको महिला उद्यमी मेला–२०८० उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले मुलुकको लागि महिला र पुरुष दुवै उद्यमीहरूको खाँचो रहेको बताएका हुन् ।

मन्त्री रिजालले उद्यमीहरूको योगदान बिना मुलुक समृद्ध हुन नसक्ने बताए । उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी रहेको उल्लेख गरे । उनले नेपाल सरकारले साना तथा मझौला व्यवसायीलाई प्रवर्द्धन गर्ने उद्देश्यले रोजगारी र सीपमूलक तालिमहरु प्रदान गर्दै आएको बताए ।

मन्त्री रिजालले कृषि तथा वनपैदावर स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई सहयोग गरिरहेको उल्लेख गरे । उनले लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच पु¥याउनको लागि विभिन्न व्यापार मेलामा उद्यमीहरुलाई सहभागिता गराउने कार्य गर्दै आएको दाबी गरे ।

मन्त्री रिजालले साना तथा मझौला उद्यमीहरुलाई प्रवर्द्धन गर्नको लागि नीतिगत सुधार, स्वदेशी वस्तुहरुको प्रवर्द्धन, बजारीकरण र व्यवसायिक सहज वातावरण बनाउन सरकारले कार्ययोजना बनाइरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !