१७ आश्विन २०८१, बिहिबार

मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने

प्रकाशित मिति :  6 September, 2023 5:56 pm


काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस सरकारको मन्त्रालयहरू र मन्त्रीहरूको लागि आवासीय भवन निर्माण प्रक्रिया छिट्टै शुरु गरिने बताएका छन् । बुधवार जनकपुरधाम वडा नम्बर १९ मा कृष्णाष्टमी मेलाको उदघाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधाम वडा नम्बर १९ मै रहेको ५२ विघामा मधेस सरकारको प्रशासनिक भवन निर्माण गरिने बताएका हुन् ।

उनले यसका लागि प्रक्रिया अगाडी बढाई सकिएको जानकारी दिए । उनले सरकारका सबै मन्त्रालयहरूको प्रशासनिक भवनका साथै आवास समेत सोही परिसरमा निर्माण गरिने बताए । मुख्यमन्त्री यादवले मधेस सरकारले सो जग्गाको लालपूर्जा र पत्र प्रधानमन्त्री कार्यालयमा ४ महिना अगाडी नै पठाई सकिएको उल्लेख गरे ।

उनले प्रधानमन्त्री कार्यालयबाट निर्णय आए लगत्तै प्रशासनिक भवन निर्माणका लागि प्रदेश सरकारले डीपीआर तयार गरी निर्माण प्रक्रिया अगाडी बढाउने स्पष्ट पारे । उनले मधेस प्रदेश सरकारको प्रशासनिक भवन परिसरलाई ‘जनक दरबार’ नामाकरण गरिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !