१७ आश्विन २०८१, बिहिबार

पूर्वी तराईमा हावाहुरीकाे सम्भावना, पाँच प्रदेशमा मध्यम वर्षा हुने

प्रकाशित मिति :  7 September, 2023 7:01 am


काठमाडाैँ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

विभागले बिहीवार प्रकाशित गरेकाे आगामी तीन दिनकाे माैसम पूर्मानुमान बुलेटिनका अनुसार आगामी २४ घण्टामा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ।

वर्षाका कारण क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम लगायत चट्याङ्ग तथा हावा-हुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएकाे छ।



प्रतिक्रिया दिनुहोस !