१७ आश्विन २०८१, बिहिबार

बिवाइडीको नयाँ सोरुम भक्तपुरको सल्लाघारीमा

प्रकाशित मिति :  7 September, 2023 3:19 pm


काठमाडौँ । बिवाइडीले भक्तपुरको सल्लाघारीमा नयाँ सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले एक समारोहबीच बि माई अटोमोबाइल्सको नाममा नयाँ सोरुम उद्घाटन गरेको हो।

सोरुम शुभारम्भ गर्दै बि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्र कुमार रानाले ग्राहकहरू माझ बढ्दै गएको बिवाइडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ सोरुम सञ्चालनमा गर्न पाउँदा आफू निकै उत्साहित भएको र ग्राहकहरूको बढ्दो मागलाई परिपूर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बिवाइडी प्रतिबद्ध रहेको जानकारी गराए।

नेपालको विद्युतीय गाडीको बजारमा राम्रो बजार हिस्सा ओगटेको बिवाइडीले नयाँ इलेक्ट्रिक एसयुभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ सोरुमहरू पनि सञ्चालनमा ल्याइएको छ।

बिवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्न बिवाइडीले विक्रेता सञ्जाल विस्तारलाई विशेष प्राथमिकता दिई अघि बढिरहेको छ। बिवाइडीले नेपालभरी आफ्नो सञ्जाल विस्तार गरिरहेको छ र वीरगञ्ज र जनकपुरमा पनि डिलरहरू नियुक्त गरेको छ।

उक्त स्थानका सोरुमहरू पनि चाँडै नै सञ्चालनमा आउनेछन्।



प्रतिक्रिया दिनुहोस !