१७ आश्विन २०८१, बिहिबार

पार्टी सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्छ : प्रमुख सचेतक लेखक

प्रकाशित मिति :  7 September, 2023 3:23 pm


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो सांघातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन् । उनले सो घटनाबारे तत्काल संसदलाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराए ।

पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो सांघातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भर्त्सना गर्दै त्यसको सत्यतथ्य विस्तृत रुपमा सरकारले छानबिन गर्नुपर्ने समेत बताए ।

प्रमुख सचेतक लेखकले सरकारले सो घटनाबारे प्रतिनिधि सभाको अर्को बैठकमानै संसदलाई जानकारी गराउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !