१७ आश्विन २०८१, बिहिबार

स्याङ्जामा माछा मार्दा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति :  8 September, 2023 11:33 am


संकेतिक तस्बिर

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ६ स्थित रसखोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नम्बर ६ आमडाली बस्ने ३६ बर्षिया यम बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए ।

शुक्रबार बिहान यम बहादुरसँगै माछा मार्न गएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नम्बर ६ बस्ने तिल बहादुर थापा क्षेत्री, पाल्पा रामपुर नगरपालिका वडा नम्बर १० घर भएका दीपेन्द्र अधिकारी, पर्वत घर भएका अनिल चौधरी र कञ्चनपुर घर भएका ६० वर्षीय बलदेव राना रहेका छन् । प्रहरीले पक्राउ परेकाहरूको साथबाट माछा मार्न प्रयोग गरिने तार, रड र बाँसको घाटा बरामद गरेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !