४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको दाबी :नेकपाको नाममा स्थिरता विरुद्ध चलखेल सुरु

प्रकाशित मिति :  26 April, 2020 1:54 pm


फाईल फोटो

काठमाडौं, १४ वैशाख ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारलाई घेराबन्दी गरेर नेकपाको नाममा स्थिरता विरुद्ध चालखेल चलिरहेको दाबी गरेका    छन् ।

थापाले भनेका छन्,‘कोरनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्द जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्द जारी चलखेल, नेकपाको नाममा !’

उनले यसलाई जनमतको घोर अपमान, भागबण्डाको स्वाभाविक परिणाम भएको टिप्पणी समेत गरेको छन् ।

सल्लाहकार थापाले पार्टी एकता र त्यसपछिका सहमतिहरु उल्लघंन गर्दै षडयन्त्र र छलछामहरु गर्ने सिलसिलाको पराकाष्ठा भएको आरोप लगाएका छन् ।

प्रेस सल्लाहकार थापाले ‘हङ्ग पार्लियामेन्ट अर्थात कसैको स्पष्ट बहुमत नभएको संसद भयो भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताइदिएपनि नाङ्गो भागबण्डाले त ‘हङ्ग पार्टी’पो भएछ’ भनेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल फुटाउन सहज हुने र संबैधानिक परिषद्को गणपुरक संख्या सम्बन्धित अध्यादेश ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ ।

तत्काल स्थायी कमिटीदेखि केन्द्रीय कमिटी समेत बेलाउन अध्यक्ष ओलीलाई दबाव परिरहेको छ । प्रधानमन्त्रीको कदमले पार्टी र सरकारको समेत बदनाम भएपछि राजिनामाको माग समेत उठिरहेको छ ।

यसैलाई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार थापाले नेकपाको नाममा षडयन्त्र भईरहेको टिप्पणी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !