१७ आश्विन २०८१, बिहिबार

सडकमा देखिने ‘डल्फिन’ को भिडियो क्याप्चर गरेर सामाजिक सञ्जालमा हाल्नेले १ लाख रुपैयाँ पाउने

प्रकाशित मिति :  8 September, 2023 12:09 pm


काठमाडौँ । विश्व प्रसिद्ध विद्युतीय कार निर्माता बीवाईडीले नेपाली बजारमा डल्फिन भित्र्याएको छ । नाडा अटो शो २०२३ लाई लक्षित गर्दै नेपाल स्थित बीवाईडीको आधिकारिक वितरक सामेक्स बीवाईडीले ह्याचब्याक सेग्मेन्टको डल्फिन कार भित्र्याएको हो । हालसम्म गाडीको फिचर, मूल्य सार्वजनिक नगरेको कम्पनीले अटो शोमा नै डल्फिनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

तर, सो भन्दा अघि नै बाटोमा कतै डल्फिन देखिए फोटो खिचेर सार्वजनिक सञ्जाल, फेसबुक, ट्वीटर, इन्ट्राग्राम वा टिकटकमा राखी कम्पनीलाई जानकारी गराए १ लाख रुपैयाँ नगद जित्न सकिने कम्पनीले जनाएकाे छ ।

‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा गरेको साइमेक्स इन्क प्रा।लि।ले यो योजना ६ देखि ११ सेप्टेम्बरसम्म जारी रहने जनाएको छ । यस अवधिभर रोडमा बीवाईडी डल्फिन भेटाई यसको भिडियो बनाएर फेसबुक इन्ट्राग्राम वा टिकटकमा सार्वजनिक गर्नुपर्नेछ । जसका लागि सर्वजनिककर्ताले कम्पनीको आधिकारिक फेसबुक, इन्ट्राग्राम वा टिकटकमा ट्याग समेत गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यासो गर्ने ३ जना भाग्यमानी प्रयोगकर्तालाई जनही १ लाख रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । यसको अलावा योजनामा भाग लिने सम्पूर्णलाई बीवाईडी कम्पनीले नाडा अटो शो, २०२३ को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !