१७ आश्विन २०८१, बिहिबार

विषालु च्याउँ खाँदा मृत्यु भएकाका परिवारलाई अम्मीसरा स्मृति हेल्प फाउण्डेसनले राहत उपलब्ध गराउने

प्रकाशित मिति :  9 September, 2023 3:40 pm


रोल्पा । रोल्पाको लुंग्री गाउँपालिका वडा नं. ५ मा गत असारमा जंगली विषालु च्याउ खाँदा मृत्यु भएकाका परिवारलाई अम्मीसरा स्मृति हेल्प फाउण्डेसनले राहत उपलब्ध गराउने भएको छ ।

फाउण्डेसनले मृतकका परिवारलाई २५ हजार रुपैयाँ,चामल,तेल, दाल उपलब्ध गराउने भएको हो । गत असार २५ गते जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ जना र अर्का परिवारका २ जना गरी ५ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा बस्दै आएका फाउण्डेसनका अध्यक्ष टिकाबहादुर थापाले उक्त घटनाबाट आफू निकै मर्माहत भएको र विभिन्न व्यक्तिहरूको सहयोगमा रहत वितरण गर्न लागिएको बताएका छन् ।

फाउण्डेसनका अनुसार मृतक भिम कुमारी गुरुङ, शिशिर गुरुङ र प्रेम गुरुङका परिवारलाई प्रति मृतक २५ हजार रुपैयाँ, २ बोरा चामल, १ पेटी तेल, ३ केजी नुन, ५ केजी दाल वितरण गरिने फाउण्डेसनले जनाएको छ ।

यस्तै अतिविपन्न तथा दिर्घ रोगी गोथे गुरुङ र चिचले कामीलाई पनि नगद २०/२० हजार रुपैयाँ, चामल, नुन,तेल, दाल राहत स्वरुप वितरण गरिने फाउण्डेसनले जनाएको छ ।

मृतकका परिवारलाई लुंग्री गाउँपालिका ५ वडाचौरको अम्मीसरा स्मृति प्रतिक्षालयको प्राङ्गनमा यही भदौ २५ गत राहत वितरण गरिने फाउण्डेसनका सचिव रक्ष क्षेत्रीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !