८ मंसिर २०८१, शनिबार

मोरक्कोमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

प्रकाशित मिति :  10 September, 2023 8:18 am


काठमाडौँ । अफ्रिकी मुलुक मोरक्कोमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका पछिल्लो विवरण अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते भएका छन् ।

शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी ज्यान गुमाउनेहरुको शोकमा सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

भूकम्पपछि अहिले पनि साना–साना धक्का पनि महसुस गरिएको मोरक्कोका सञ्चार माध्यमले जानकारी दिएका छन् । अहिले पनि अधिकांश मानिस घरबाहिर पाल टाँगेर बसिरहेका छन् । सरकारले भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !