१७ आश्विन २०८१, बिहिबार

सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै ‘एक भगवत् गीता’ विवादमा

प्रकाशित मिति :  10 September, 2023 10:20 am


काठमाडौँ । सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै चलचित्र ‘एक भगवत् गीता’ विवादमा परेको छ । चलचित्रलाइ सेन्सर अनुमति नदिएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले गुनासो गरेकी छिन् ।

विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ हिन्दू सँस्थाले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा निवेदन दिएको थियो ।

यही भदौ २९ गतेबाट प्रदर्शनका लागि मिति तोकिएको चलचित्र ‘एक भगवत् गीता’ बोर्डले सेन्सरका लागि सिफारिस दिन अस्वीकार गरेपछि थापाले आफ्ना सारा स्रोत सम्पति, सपना र अहिलेसम्मको चलचित्र कर्मको लगानी गरेर बनाइएको चलचित्र चल्न नदिने अवस्थामा आउदाँ मर्नु र बाच्चुको पिडा महसुस भएको समेत बताएकी छिन् ।

“श्रीमद्भागवत गीताको नामको दुरुपयोग गर्न खोजिएको भनी परेको निवेदनमा आफुले निर्देशन गरेको चलचित्रले हिन्दु पवित्र ग्रन्थ श्रीमद्भागवतगीताको कुनै अवहेलना नभएको बताएकि छिन् ।

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र यहि भदौ २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो ।



प्रतिक्रिया दिनुहोस !