१७ आश्विन २०८१, बिहिबार

प्रधानमन्त्रीको चीन भ्रमणबारे सिंहदरबारमा सर्वदलीय बैठक सुरु

प्रकाशित मिति :  10 September, 2023 10:39 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न चीन भ्रमणबारे विभिन्न सरोकारवाल पक्षहरुसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर सुझाव मागेका हुन् ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलगायतको उपस्थिति भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते चीन भ्रमणमा जाने मिति तय भएको छ। तर यसअघि उनी भदौ ३० गते संयुक्त राज्य अमेरिका भ्रमण जादैँ छन् । अमेरिका भ्रमण सकेर त्यतैबाट उनी चीन भ्रमणमा जाने तालिका तय भएको छ।



प्रतिक्रिया दिनुहोस !