१७ आश्विन २०८१, बिहिबार

कोशी प्रदेश प्रमुखले जारी गरे बजेटसम्बन्धी अध्यायदेश

प्रकाशित मिति :  10 September, 2023 12:01 pm


काठमाडौं । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । भदौ शुक्रबार पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।

कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन विधेयक २०८० जारी गरेका हुन् ।

शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका कार्कीले सोही दिनको बैठकबाटै अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था थियो । कोशी प्रदेशमा भदौ १० यताको बजेट शून्यता आजबाट हटेको छ ।



प्रतिक्रिया दिनुहोस !