१७ आश्विन २०८१, बिहिबार

बैंकहरूले अझै पनि गरिबलाई ऋण प्रवाह गरेका छैनन् : अध्यक्ष ओली

प्रकाशित मिति :  10 September, 2023 5:39 pm


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

ठूलो पुँजीपतिहरूलाई खोजेर अर्बाैं लगानी गर्ने बैंकहरूले अझै पनि गरिबलाई ऋण नदिएको अध्यक्ष ओलीको भनाई थियो । उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पारे ।

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताए । सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्त्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराए ।



प्रतिक्रिया दिनुहोस !