१७ आश्विन २०८१, बिहिबार

यी प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित मिति :  11 September, 2023 6:49 am


फाइल फाेटाे

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !