१७ आश्विन २०८१, बिहिबार

आज समाजवादी मोर्चाले विराटनगरमा सन्देशसभा गर्दै

प्रकाशित मिति :  11 September, 2023 9:41 am


काठमाडौँ । समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ९विप्लव०ले सम्बोधन गर्ने छन् ।

सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनेछन् । सभामा प्रदेशसभा सबै जिल्लाहरुबाट पालिकास्तरीय नेता तथा कार्यकर्ताहरु प्रतिनिधिको रुपमा सहभागिता जनाउने छन् ।

समाजवादी मोर्चाले आवद्ध चारै पार्टीका कार्यकर्ता ल्याउन निर्देशन दिएको छ । सभामा विराटनगर, मोरङ, सुनसरी र झापाका कार्यकर्ताको सहभागी हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !