१७ आश्विन २०८१, बिहिबार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातबाट निधन

प्रकाशित मिति :  12 September, 2023 5:59 am


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

सोमबार राति १ बजे बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा लगायतका नेताहरु अहिले शिक्षण अस्पताल पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस !