१७ आश्विन २०८१, बिहिबार

नेम्वाङको पार्थिव शरीर भोलिसम्म पार्टी कार्यालय राखिने

प्रकाशित मिति :  12 September, 2023 7:05 am


फाेटाे : गंगा दाहाल

काठमाडौँ । हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा श्रद्धाञ्जलीका लागि ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।

उनको शबलाई बुधबारसम्म पार्टी कार्यालयमा राखिनेछ ।गएराति १ बजे बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । अस्पतालमा पुर्‍याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।

उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायत शीर्ष नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस !