१७ आश्विन २०८१, बिहिबार

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

प्रकाशित मिति :  12 September, 2023 7:56 am


काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !