१७ आश्विन २०८१, बिहिबार

नेम्वाङको असामयिक निधनले मर्माहत भएको छु : प्रधानमन्त्री

प्रकाशित मिति :  12 September, 2023 8:08 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा दुःख व्यक्त गरेका छन् ।

नेम्वाङको निधनले मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

उनले लेखेका छन् , ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

नेम्वाङको गएराति १ बजे बालुवाटारस्थित निवासमै हृदयघातबाट मृत्यु भएको थियो । घरमै बेहोस भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !