१७ आश्विन २०८१, बिहिबार

नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति :  12 September, 2023 10:07 am


काठमाडौँ । मन्त्रिपरिषदको आकस्मिक बैठक केहीबेरमा बस्दै छ । नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्न मन्त्रिपरिषद् बैठक बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्न लागेको हो ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टिगर्ने निर्णय लिन बैठक बस्न लागेको हो । बैठकले नेम्वाङलाई दिने सम्मानबारे निर्णय गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए।

शिक्षण अस्पतालबाट पार्टी कार्यालयसम्म राजकीय सम्मानका लागि नेम्वाङको पार्थिव शरीर लैजाने तयारी रहेको बुझिएको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको थियो ।अहिले उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !