१७ आश्विन २०८१, बिहिबार

पूर्वसभामुख कृष्णबहादुर महराद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त

प्रकाशित मिति :  12 September, 2023 10:56 am


काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराले नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

शोक वक्तव्य जारी गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महराले नेम्वाङको निधनले सिंगो नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति पुगेको उल्लेख गरेका छन् ।

महराले मुलुकको परिवर्तनको आन्दोलन र संविधान निर्माण नेम्वाङले खेलेको भूमिको उच्च प्रसंसा गरेका छन् । पूर्व सभामुख महराले नेम्वाङको असामायिक निधनले आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !