१७ आश्विन २०८१, बिहिबार

राजकीय सम्मानका साथ संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि गरिने

प्रकाशित मिति :  12 September, 2023 11:13 am


काठमाडौँ । सरकारले राजकीय सम्मानका साथ संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

छोराहरू विदेशबाट आउँदै गरेको र जुनदिनमा अन्त्यष्टि हुन्छ सोही दिन सार्वजनिक विदा दिने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए ।

नेम्वाङका छोराहरू विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ ।



प्रतिक्रिया दिनुहोस !