१७ आश्विन २०८१, बिहिबार

बुधवार देशका पहाडी क्षेत्रमा पानी पर्ने

प्रकाशित मिति :  13 September, 2023 7:03 am


काठमाडाैँ । देशभर आंशिक देखि सामान्य बदली रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

बुधवार दिउँसाे देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले प्रकाशित गरेकाे बुलेटिनमा उल्लेख छ।

विभागका अनुसार आगामी २४ घण्टामा भारी वर्षा भने हुने छैन । बुधवार राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !