१७ आश्विन २०८१, बिहिबार

नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने

प्रकाशित मिति :  13 September, 2023 10:53 am


काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसोसम्म श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ ।

उनको पार्थिव शरीर आज बिहान ९ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि च्यासलमै राखिने व्यवस्था मिलाइएको छ ।

दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने नेकपा एमाले प्रचार विभागले जनाएको छ । बालुवाटारस्थित निवासमा उनका आफन्त र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । नेम्वाङको निधनको शोकमा गृह मन्त्रालयले बिहीबार सार्वजनिक बिदा समेत दिएको छ।



प्रतिक्रिया दिनुहोस !