१७ आश्विन २०८१, बिहिबार

सुनचाँदीको मूल्य घट्यो, कति छ आजको मूल्य ?

प्रकाशित मिति :  13 September, 2023 11:11 am


काठमाडौँ । वुधवार नेपाली बजारमा छापावाला सुनको मूल्य घटेको छ । मंगलबार तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज वुधबार तोलामा ८०० रुपैयाँ घटेर तोलाको एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार ६५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

वुधबार चाँदीको मूल्य प्रतितोला १३९० रुपैयाँमा किनबेच भएको छ । महासंघका अनुसार चाँदी मंगलबारको तुलनामा १५ रुपैयाँ घटेर तोलाको १३९० रुपैयाँमा कारोबार भइरहेको हो ।



प्रतिक्रिया दिनुहोस !