१७ आश्विन २०८१, बिहिबार

वडका अत्तवारीको अवसरमा दाङ,बाँके र बर्दियामा विदा

प्रकाशित मिति :  14 September, 2023 2:37 pm


दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आइतवार ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

वडका अत्तवारीको अवसरमा दाङ,बाँके र बर्दियामा सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेशको गृह मन्त्रालयले जनाएको छ ।

२०७९ चैत १७ को निर्णयअनुसार उक्त ३ वटा जिल्लामा बिदा दिइने लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।

“भदौ ३१ गते दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ,” लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !