१७ आश्विन २०८१, बिहिबार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रकाशित मिति :  15 September, 2023 8:09 am


फाइल फाेटाे।

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !