१७ आश्विन २०८१, बिहिबार

नालीमा खसेर २ वर्षीय बालकको मृत्यु

प्रकाशित मिति :  15 September, 2023 12:02 pm


जनकपुर । नालीमा खसेर जनकपुरमा २ वर्षीय बालकको मृत्यु भएको छ । नाला निर्माण गर्दा ढक्कन नहालेको ठाउँमा खसेर जनकपुरधाम उपमहानगरपालिका –१५ लोहनामा एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर अगाडी सडकमा खेल्ने क्रममा लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो ।

स्थानीयका अनुसार नालामा ढक्कन नराखेको ठाउँमा टाउको तल र खुट्टा माथि रहेको अबस्थामा उनलाई देखेपछि बाहिर निकाल्दा मृत्यु भइसकेको थियो ।

मधेश प्रदेश सरकारले नाला दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ ।
ठेकेदार र उपमहानगरपालिकाकालाई पटक–पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको र त्यसमा खसेर बच्चाको मृत्यु हुने गरेको स्थानीयको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !