१७ आश्विन २०८१, बिहिबार

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

प्रकाशित मिति :  15 September, 2023 3:18 pm


काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य ९सभापति० पशुपति समशेर जबराले जानकारी दिए ।

शर्मामाथि संसदीय सुनुवाइ समितिमा कुनैपनि उजुरी परेको थिएन । न्याय परिषद्को गत भदौ १० गते बसेको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !