१७ आश्विन २०८१, बिहिबार

पशुपति मन्दिर वरपर आजदेखि मासु र मदिरा निषेध

प्रकाशित मिति :  17 September, 2023 9:15 am


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको हो ।

हिन्दु नारीहरूको महान् चाड हरितालिका (तीज) पर्वलाई ध्यानमा राखी पशुपति क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले पशुपति क्षेत्रको चार किल्लाभित्र मासु मंदिरा तथा नशालु पदार्थहरू उत्पादन बेचबिखन, ओसारपसार भण्डारण र सेवन गर्न समेत नपाउने जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !